काठमाडौं । कुमारी बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसी २७००१ः२०२२, सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैङ्कको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको जानकारी दिन्छ ।

आइएसओ/आइइसी २७००१ः२०२२ र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) मा मूलतः ९३ वटा नियन्त्रण प्रणाली हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल (८), फिजिकल (१४) र टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ। यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आइएसओ/आइइसी २७००१ः२०२२ प्रमाणपत्र प्रदान गरिने जानकारी बैङ्कले उपलब्ध गराएको छ ।
यस प्रमाणपत्रले बैङ्कको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ।












