काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र संविधानसभाबाट निर्मित संविधानपछिको यो तेस्रो आमनिर्वाचन हो । तर, यसपटकको निर्वाचनको जेनजी आन्दोलनपछिको पहिलो शक्ति परीक्षण हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना घोषणापत्र तथा वाचापत्रहरू सार्वजनिक गरिसकेका छन् ।
कसैले यसलाई भविष्यको सपना भनेका छन् त कसैले संकल्प । तर ती दस्तावेजहरू पढ्दा लाग्छ, दलहरू देश सञ्चालनको यथार्थपरक मार्गचित्र प्रस्तुत गर्नभन्दा पनि ‘सपनाका एजेन्डा’ बेच्न प्रतिस्पर्धामा छन् । विशेषगरी मुख्य दलका घोषणापत्रहरूले मतदातालाई कस्तो प्रभाव पार्ला ? मुख्य चार दलको मुख्य एजेन्डाहरू के–के छन् ?
बाकीँ भिडियोमा हेर्नुहोस्











