काठमाडौं । निर्वाचनको सँघारमा विचारको बहस हुनुपर्ने ठाउँमा ढुङ्गा र मुक्काको भाषा बोल्न थालिएको छ । नयाँ भनिएको शक्ति र पुरानो शक्तिबीचको टकराव अहिले सडकको रमिता बनेको छ । कतै झण्डा जलाइएको छ, कतै कार्यालय तोडफोड भएको छ त कतै अबोध बालबालिकालाई राजनीतिक प्रतिशोधको मतियार बनाइएको छ । के ’वैकल्पिक राजनीति’ को अनुहार यही हो रु कि उदाउँदो शक्तिलाई बदनाम गराउन पुराना दलहरूले नै ‘घुसपैठ’ को प्रपञ्च रचिरहेका छन् ? फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा बढेको यो अराजकताले लोकतन्त्रलाई बलियो बनाउँछ कि भस्म पार्छ ?
निर्वाचनताका दलहरूबीच एक–अर्कामाथि आरोपको हिलो छ्यापाछ्याप गर्नु नेपाली राजनीतिमा नयाँ होइन । मतदाताको मन पगाल्न र मतको झोली भर्न एउटा शक्तिले अर्को शक्तिलाई अक्षमताको भारी बोकाउने चलन पुरानै परम्परा हो । सभाका मञ्चहरूदेखि सामाजिक सञ्जालका भित्ताहरूसम्म चल्ने यो ‘दोहोरी’ अक्सर सत्ता र शक्तिकै लागि हुने गर्छ । तर, आगामी फागुन २१ को निर्वाचनको सँघारमा आइपुग्दा दलहरूको टकराबले मर्यादाको लक्ष्मणरेखा नाघेको छ । अब यी दुई दलबीचको द्वन्द्व सभा र सञ्जालदेखि मैदानमै परिणत हुन थालेको छ । फागुन ७ गते, प्रजातन्त्र दिवसकै दिन तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको दृश्यले सामाजिक सञ्जाल मात्र तातेको छैन, राजनीतिक संस्कारको धज्जी नै उडाएको छ ।
बाँकी भिडियोमा हेर्नुहोस् :











