
नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्– सावित्रा भण्डारी ‘साम्बा’ । नेपाली टोलीकी कप्तान समेत रहेकी उनले इजरायल, फ्रान्स, न्यूजिल्याण्ड र अष्ट्रेलिया जस्ता देशका व्यवसायिक लिगमा खेलेर नेपालको नाम विश्वस्तरमा उँचो बनाइसकेकी छन् । तर, विडम्बना ! तिनै सफल र गौरवशाली खेलाडी आज आफ्नो उपचारका लागि सामाजिक सञ्जालमा सहयोगको याचना गर्न विवश छिन् ।
आफूलाई खेलाडीको अभिभावक दाबी गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले कठिन घडीमा हात झिकेपछि उनी यो अपमानजनक अवस्थामा पुगेकी हुन् । विगत सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी साम्बाको घुँडाको ‘एसीएल’ र ‘एमसिएल’ दुवैमा गम्भीर चोट लागेको छ, जसका लागि पुनः जटिल शल्यक्रिया अनिवार्य छ ।
चोट लागेको तीन सातापछि नै उनी आबद्ध न्युजिल्यान्डको क्लबले शल्यक्रियाको सम्पूर्ण प्रबन्ध मिलाइसकेको थियो । तर, एन्फाले ‘आफैँले सबै व्यवस्थापन गरिदिने’ आश्वासन दिएपछि उनले क्लबको प्रक्रिया रोक्न पुगिन् । विडम्बना, लामो समयसम्म झुलाएपछि अन्ततः एन्फाले ‘प्रशासनिक सहयोग गर्न नसकिने’ भन्दै आफ्नो लाचारी प्रदर्शन ग¥यो । एन्फा अध्यक्षले नै उनलाई सम्पर्क गरेर संस्थाले जम्मा पाँच लाख रुपैयाँ मात्र दिन सक्ने र बाँकी प्रक्रिया आफैँ मिलाउन भनेपछि उनलाई छाँगाबाट खसेजस्तै भयो । एकातिर एन्फाकै भरोसामा परेर सुरु भइसकेको उपचार प्रक्रिया रोकियो, भने अर्कोतिर दुई महिनाको पर्खाइपछि उनी पुनः शून्यको अवस्थामा पुगिन् । नेपाली फुटबलका लागि यो भन्दा विद्रूप र लज्जास्पद अरु के हुन सक्छ ? यो साम्बाको घुँडाको चोटको मात्र होइन, नेपाली खेलकुद प्रशासनको मानसिक ‘प्यारालाइसिस’ पनि हो ।
बाँकी भिडिओमा…











