Logo
Logo

निर्वाचनको मुखमा ज्ञानेन्द्रको छटपटी (भिडिओ रिपोर्ट)


126
Shares

बेलाबखत आउने पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यमा देशको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको पाइन्छ । फागुन ७ गतेको भिडियो सन्देशमा पनि उनले ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने कुरालाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भनेका छन् ।

उनको यस शब्दमा गहिरो अर्थ लुकेको छ । अर्थात्, यसलाई विश्लेषण गर्नेहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा उनले आफ्नो भूमिका स्थापित गर्न खोजेको बुझिन्छ । संविधान सभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेपछि जनताको नासो जनतालाई बुझाएर देशमै नागरिकको जीवन बिताउने प्रतिबद्धता जनाएका पूर्वराजा ज्ञानेन्द्रले २० वर्षपछि आएर निर्वाचनको मुखमा ‘सबैलाई समेटेर मात्र निर्वाचनमा जाँदा त्यसले सही बाटो समेट्ने थियो’ भन्नुको अर्थ राष्ट्रिय सहमतिभित्र आफू पनि अटाउनुपर्छ भन्ने नै हो । उनले यो कुरा त्यतिकै बोलेका होइनन्, देशमा अस्थिरता चाहने शक्तिहरूले उनलाई अगाडि सारेर निर्वाचन नै हुन नदिने वातावरण बनाउन खोजेको हो कि भन्ने आशंकालाई बल पु¥याएको छ ।

देशमा राजतन्त्रको अन्त्यपछि मात्र होइन, अगाडि पनि भूराजनीतिक स्थिति जटिल थियो । २०५९ माघ १९ को घटना पनि भूराजनीतिक प्रभाव थियो । त्यसैमा टेकेर राजतन्त्र अन्त्य गर्नेसम्ममको डिजाइन बन्यो । नेपालमा जति पनि राजनीतिक परिवर्तनहरू भए, त्यसमा नेपालीहरू सहायक, भूराजनीतिक खेलाडीहरू निर्णायक भएकोले यो अवस्था आएको हो ।

बाँकी भिडिओमा

प्रतिक्रिया दिनुहोस्