Logo
Logo

जेनजी आन्दोलनमा क्षतिग्रस्त महाराजगञ्जको भाटभटेनी सञ्चालनमा


315
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले विशेष पूजा गरी सुपरमार्केट पुनस् सञ्चालनमा ल्याएका हुन् । आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटको भवन करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माणपश्चात भाटभटेनीआजबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।

आन्दोलनको निशानामा योसहित देशभरका १२ वटा स्टोर परेका थिए । २४ गते आन्दोलनकारीहरूले तोडफोड, लुटपाट र आगजनी मच्चाउँदा अर्बौँको संरचना हेर्दाहेर्दै खरानी भयो । ती भवनभित्र भाटभटेनीका करोडौँका सामानमात्र जलेनन्, लुटपाट र आगजनी गर्न जाँदा जलेका मानिसको पहिचान समेत हुन सकेन ।

केही दिनअघि मात्र कोटेश्वरको भाटभटेनी पुनर्निर्माणपश्चात सञ्चालनमा आइसकेको छ । पाँच दिनसम्म बलिरहेको भाटभटेनीको भवन अब पुनः बन्न वर्षौँ लाग्ला कि भन्ने धेरैको अनुमान थियो । तर, गुरुङले हिम्मत हारेनन् । बरु पुनर्निर्माणमार्फत आशाको दियो बालिदिए । क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउँदै ‘देश बन्दैन’ भन्ने निराश भाष्यलाई उनले व्यवहारबाटै जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्