Logo
Logo

कतारको राजधानी दोहामा ११ शक्तिशाली विस्फोट


4.2k
Shares

काठमाडौं । कतारको राजधानी दोहामा लगातार शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । स्थानीयका अनुसार सहरका विभिन्न क्षेत्रमा कम्तीमा ११ वटा विस्फोट भएका छन् । ती विस्फोटको कारण र क्षतिको विवरण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यस अघि कतारले इरानको आक्रमणबाट १६ जना घाइते भएको बताएको थियो ।

यसैबीच इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोरले अमेरिका र इजरायलको आक्रमणको जवाफ स्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाइएको जनाएको छ । इरानी सेनाका अनुसार क्षेत्रभर रहेका २७ अमेरिकी ठिकानामाथि मिसाइल तथा ड्रोनमार्फत व्यापक आक्रमण भइरहेको छ ।

इरानी पक्षले इजरायलस्थित तेल नोफ हवाई अड्डा, इजरायली सेनाको मुख्यालय तथा रक्षा उद्योगसम्बन्धी संरचनालाई समेत निशाना बनाइएको दाबी गरेको छ । घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्