Logo
Logo

लेबनानका ५० सहर-गाउँ खाली गर्न इजरायलको चेतावनी


630
Shares

काठमाडौं । इजरायलले लेबनानका ५० भन्दा बढी सहर तथा गाउँका बासिन्दालाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ ।

चेतावनीपछि मानिसहरू बेरुत र सिडोनबाट भागिरहेको देखिन्छ । जसले गर्दा ट्राफिक जाम भएको छ । चेतावनीमा मानिसहरूलाई कम्तीमा १,००० मिटर टाढा खुला क्षेत्रमा सर्न आह्वान गरिएको छ ।

चेतावनीमा भनिएको छ, ‘तपाईँको सुरक्षाका लागि तुरुन्तै आफ्नो घर छाडेर कम्तीमा १,००० मिटर टाढा खुला क्षेत्रमा सर्नुहोला ।’ हिजबुल्लाहका सदस्य, तिनका आधार वा सैन्य उपकरणनजिक नरहन चेतावनी दिइएको छ । 

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि लडाइँ चर्किएको हो । 

जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको छ ।  जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्