Logo
Logo

दार्चुलाका २ मतदान स्थलमा अझै गएनन् मतदाता


693
Shares

काठमाडौं । दार्चुलाका दुई मतदान स्थलमा अझै मतदाता भोट हाल्न गएका छैनन् । अपी हिमाल गाउँपालिका-३ दुधीला र नौगाड गाउँपालिका-१ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन् । 

The current image has no alternative text. The file name is: darchula.jpg

दुधिला मतदानस्थलमा तीन सय ३६ र नागुमा ६ सय २ मतदाता रहेका छन् । निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदाताको पखाईमा बसेका छन् ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख  प्रदिप सिंह धामीका अनुसार मध्यान्न १२ बजेसम्म कोही पनि मतदाता भोट हाल्नका लागि आएका छैनन्। अन्य मतदान स्थलमा भने मतदान जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्