Logo
Logo

सुदूरपश्चिममा २० प्रतिशत मत खस्यो


378
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतअहिले प्रत्यक्ष र समानुपातिकतर्फको मतदान भइरहेको छ । मध्याह्न १२ बजेसम्ममा सुदूरपश्चिम प्रदेशका जिल्लामा २० प्रतिशत मतदान सम्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: election-1.jpg

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको हो । एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले मतदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडीमा मतदान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्