Logo
Logo

झापामा ४० प्रतिशत मत खस्यो


378
Shares

काठमाडौं । झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको छ ।

जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आआफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन्।

मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्