Logo
Logo

आफ्नै किल्लामा ढले ओली र पौडेल, महेश बस्नेतको त झन् बिचल्ली !


693
Shares

काठमाडौं । जेनदी आन्दोलनपछिको भएको पहिलो निर्वाचन एमालेका लागि केवल हार मात्र रहेन, यो एउटा ऐतिहासिक राजनीतिक भूकम्प सावित भएको छ । लोकप्रिय मतको घमण्ड र सूर्यको ओजलाई नयाँ पुस्ताको लहरले यसरी बढारिदियो कि एमालेका एकजना पनि पदाधिकारीले आफ्नो साख जोगाउन सकेनन् ।

जसलाई एमालेको अजय किल्ला मानिन्थ्यो, त्यहीँ अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका बालेन्द्र शाहसँग ४९ हजारको फराकिलो अन्तरमा हार स्वीकार्नु पर्यो । उता, रुपन्देहीमा उपाध्यक्ष विष्णु पौडेललाई रास्वपाका सुलभ खरेलले इतिहासकै नमिठो पराजय चखाए । शक्ति र सङ्गठनको दम्भलाई सुलभको ४३ हजार बढी मतले नराम्ररी ठेगान लगाइदियो ।

लमजुङमा उम्मेदवार रहेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई पनि मतदाताले अस्वीकार गरे । त्यस्तै गुल्मी–२ बाट लगातार जित निकाल्दै आएका अर्का उपाध्यक्ष गोकर्ण विष्टको ‘अजेय किल्ला’ पनि यसपटक ढल्यो । एमालेका वैचारिक कमाण्डर मानिने महासचिव शंकर पोख्रेल विपिन आचार्यसँग गल्र्यामगुर्लुम ढले ।

जेन–जी आन्दोलनलाई प्रतिवाद गर्ने हुंकार भर्ने महेश बस्नेतको हालत त झन् दयनीय बन्यो । उनीले रास्वपाका राजिव खत्रीसँग लज्जास्पद हार्न भोग्नुप¥यो । ३४ हजारविरुद्ध मात्र ८ हजार मत प्राप्त भयो । यो हार मात्र होइन, बस्नेतका लागि राजनीतिक ’रिटायरमेन्ट’को संकेत समेत हो ।

प्रतिक्रिया दिनुहोस्