Logo
Logo

कामना सेवा विकास बैंक र चितवन ग्रान्ड रिजेन्सीबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता


0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले आवास (अकोमोडेसन) तथा खाद्य तथा पेय पदार्थ (फुड एन्ड बेभरेज) सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँगको आबद्धता पुष्टि हुने प्रमाणका आधारमा ग्राहकहरूले यो सुविधा सहज रूपमा उपभोग गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग सम्बद्ध सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूले विशेष लाभ लिने विश्वास बैंकले व्यक्त गरेको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी र रिसोर्टका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्