Logo
Logo

लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न


504
Shares

काठमाडौं । ललितपुरमा लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ । 

The current image has no alternative text. The file name is: lalitpur.jpg

चैत्र ७ गते शनिवार आयोजित उक्त महाधिवेशन मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भको आतिथ्यमा सभ्य र भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन एक नारायण शर्मा, लायन गंगा देवी ढकाल तथा पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुलाकोटीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी पास्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, एलसीआईएफ कोअर्डिनेटर लायन राजन लम्साल, जीएटी एरिया कोअर्डिनेटर लायन शम्भु प्रसाद घिमिरे, जीएमटी कोअर्डिनेटर लायन मणिश्री रत्न बज्राचार्य, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू, भाइस डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महाधिवेशनको सफल आयोजनाका लागि आयोजक क्लबका अध्यक्ष बिन्जु श्रेष्ठसहित सुरज कार्की, राजेश श्रेष्ठ, सुरेन्द्र सांगाई लगायत सम्पूर्ण क्लब परिवारप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै, रजिष्ट्रेशन कमिटी संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा कार्यरत टोली, स्मारिका प्रकाशनमा सहयोग गर्ने लायन लिडरहरू, सहयोगी संस्था तथा प्रायोजकहरूप्रति पनि कृतज्ञता प्रकट गरिएको थियो। उत्कृष्ट व्यवस्थापनका लागि मजेस्टिक ग्रान्ड परिवारलाई विशेष धन्यवाद दिइएको थियो ।

महाधिवेशनबाट लायन वर्ष २०२६-२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । डिष्ट्रिक्ट गभर्नर पदमा लायन तारा भुसाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन मनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित नेतृत्वलाई मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका तर्फबाट सगुन, खादा र मालासहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्