Logo
Logo

वाडा अटो शोमा बीवाईडी गाडी किन्दा विशेष अफर


378
Shares

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘वाडा अटो शो २०२६’ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ ।

पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए १२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ ।

कम्पनीका अनुसार बीवाईडी एट्टो १ एउटा कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो । व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो । प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयूभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ ।

बीवाईडी एट्टो ३ बीवाईडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन् ।

पाँच दिनसम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुनेछ ।

यस अन्तर्गत:
– ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी
– १ वर्षको फ्रि इन्स्योरेन्स
– १ वर्षको सडक दस्तुर छुट
– आकर्षक नगद छुट
– फ्रि एसेसरिज
-कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ ।

बीवाईडीका सबै सवारी साधनहरू कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्