Logo
Logo

इरान युद्धमा यमनका हुथी विद्रोही होमिएको आशङ्का


1k
Shares

काठमाडौं । यमनबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार भएको घटनाले मध्यपूर्वमा जारी द्वन्द्व अझ फैलिने संकेत देखिएको छ । इजरायली सेनाले दाबी गर्दै यमनस्थित हूथी विद्रोहीले उक्त आक्रमण गरेको जनाएको छ ।

The current image has no alternative text. The file name is: Huthi1774682904.jpg

तर अहिलेसम्म हूथी विद्रोही समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन । यसअघि भने उनीहरूले चेतावनी दिँदै अन्य देश युद्धमा संलग्न भए वा रेड सागर क्षेत्र आफ्नो सहयोगीविरुद्ध प्रयोग गरिए सैन्य हस्तक्षेप गर्न सक्ने बताएका थिए ।

विशेषज्ञहरूका अनुसार यदि हूथी विद्रोही खुलेर यस द्वन्द्वमा सहभागी भए भने सङ्घर्ष पूरै क्षेत्रमा फैलिन सक्ने खतरा बढ्नेछ ।

हूती समूहले यसअघि पनि साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल संरचना तथा महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गरिसकेको छ । साथै, उनीहरूसँग समुद्री मार्ग अवरुद्ध पार्ने क्षमता समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्