Logo
Logo

साउदीमा इरानको हमलामा परी १२अमेरिकी सैनिक घाइते


882
Shares

काठमाडौं । इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा गरेको आक्रमणमा परी १२ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् ।

यसअघि हमलामा १० सैनिक घाइते भएका जनाइएको थियो । बीबीसीको अमेरिकी साझेदार ‘सीबीएस न्युज’ ले घाइतेमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको बताएको छ । ‘वाल स्ट्रीट जर्नल’ ले हमला हुँदा उनीहरू एयरबेसको एक भवनको भित्र थिए । बीबीसीका अनुसार हमलामा कम्तिमा एक मिसाइल र कयौँ ड्रोनको प्रयोग भएको थियो ।

‘न्युयोर्क टाइम्स’ र ‘वाल स्ट्रीट जर्नल’ का अनुसार हमलाका कारण कयौँ विमान पनि क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भएका विमानहरू हावामा इन्धन भर्ने काममा प्रयोग हुने गरेका थिए । यसैबीच संयुक्त अरब इमिरेटको राजधानी अबुधाबीको खलिफा इकोनोमिक जोन क्षेत्रमा मिसाइलको भग्नावेश खस्दा पाँच भारतीय नागरिक घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्