काठमाडौं । पाकिस्तानले मध्य पूर्वको युद्ध सामाधानार्थ वार्ताको लागि साउदी अरेबिया, टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामाबादमा आउने तयारी भएको जनाइएको छ ।

पाकिस्तानी विदेश मन्त्री इशाक दारले आफ्ना समकक्षीहरूलाई आमन्त्रित गरेका थिए भने उनीहरू आइतबार र सोमबार पाकिस्तानी राजधानीमा हुने बताइएको छ ।
भ्रमणको क्रममा विदेश मन्त्रीहरूले यस क्षेत्रमा तनाव कम गर्ने प्रयास सहित विभिन्न विषयमा गहन छलफल गर्ने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
विदेश मन्त्रीहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
विदेश मन्त्रालयको स्रोतले यस अघि सोमबार वहुपक्षिय बैठक हुने र प्रतिनिधिमण्डल आइतबार साँझ सम्म पाकिस्तान पुग्ने अपेक्षा गरेको जनाएको थियो ।
द्वन्द्व बढ्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच एक प्रमुख सहयोगीको रूपमा देखा पाकिस्तान परेको छ, जसले दुई पक्षहरू बिचको सन्देशका लागि मध्यस्थताको रूपमा काम गरिरहेको छ ।











