Logo
Logo

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु


378
Shares

काठमाडौं । युक्रेनी सहर निकोपोलको बजारमा शनिवार भएको रुसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीहरूले  बताएका छन् ।

The current image has no alternative text. The file name is: ukraine.jpg

क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताए ।  उनले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था “गम्भीर“ रहेको जनाएका छन् ।  उत्तरपूर्वी सहर खार्किवमा शनिवार भएको घटनाको क्षेत्रीय प्रहरीलेसमेत पुष्टि गरेको छ ।

युक्रेनी वायु सेनाले रुसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ । उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

युक्रेनी आपत्कालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो । रुस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताएका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिवार अन्कारा पुगेको जनाइएको छ ।  यस अघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो ।

गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशहरूको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्