Logo
Logo

भारतमा दुई जनाको हत्या आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्ड


1.7k
Shares

काठमाडौं । भारतमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईका अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलवार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी ठहर गरेको हो ।

जेल जीवन बिताइरहेका उनीहरूको प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको अदालतको ठहर छ । मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड-१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

उनीहरूको हत्या पछि तमिलनाडु सरकारले मुद्दा सीबीआईमा हस्तान्तरण गरेको थियो भने सीबीआईले ९० दिनभित्र नौ अधिकारी विरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ । 

घटनाका विषयमा सीबीआईले ५० जनाभन्दा बढी साक्षीसँग जाँचबुझ गरेका थिए । हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्