Logo
Logo

साउदीको महत्त्वपूर्ण तेल पाइपलाइनमा इरानको आक्रमण


1.8k
Shares

काठमाडौं । साउदी अरेबियाको एक महत्त्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्बिरमा देखिएको छ । अमेरिका र इरानबीच युद्धविराम घोषणा भएको केही घण्टामै बुधवार उक्त पाइपलाइनमा आक्रमण भएको बताइएको छ ।

युरोपेली अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरमा साउदी अराम्कोको अबकैक प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ र आगोका ज्वाला उठिरहेको देखिन्छ ।

अबकैक प्रशोधन केन्द्र विश्वकै सबैभन्दा ठूलो कच्चा तेल स्थिरीकरण केन्द्र हो । साउदी अराम्कोका अनुसार यस केन्द्रले विश्व तेल आपूर्तिको करिब ५ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ कच्चा तेल प्रशोधन गरी उच्च गुणस्तरको तेलमा रूपान्तरण गरिन्छ ।

यो पाइपलाइन क्षेत्रका त्यस्ता दुई मुख्य मार्गमध्ये एक हो, जसले होर्मुज जलडमरूमध्यलाई छलेर तेल ढुवानी गर्छ । इरानसँगको द्वन्द्वका कारण त्यहाँ व्यापारमा असर परिरहेको अवस्थामा अबकैकदेखि रेड सीस्थित यनबू बन्दरसम्म तेल पुर्‍याउने यो मार्ग साउदी अरेबियाका लागि झन् महत्त्वपूर्ण मार्ग रहेको थियो । इरानले युद्धविरामपछि पनि रणनीतिक रूपमा यस तेल पाइपलाइनमा आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्