Logo
Logo

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट


315
Shares

काठमाडौं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ ।

एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि शुरू भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।

हालै मात्र एनसेल र हिमालयन जाभा कफीबीच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउनेछ ।

रु ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् ।

यसबाहेक रु ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘सम्बन्धहरूलाई राम्रा अनुभवहरूका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत् हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्