Logo
Logo

इरानलाई होर्मुज जलमार्ग खोल्न चीनको आग्रह


693
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई होर्मुज जलमार्ग खोल्न आग्रह गरेका छन् ।  वाङले हर्मुज जलमार्गमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान र रक्षा गरिनुपर्ने जिकिर गर्दै यस जलमार्गबाट ​​नेभिगेसनको स्वतन्त्रता र सुरक्षाको पनि ग्यारेन्टी गरिनुपर्ने बताए ।

उनले यो समुद्री मार्ग खोल्नु सबै देशको हितमा रहेको बताए । वाङले चीनले युद्धविराम कायम राख्ने र वार्ता पुनः सुरु गर्ने कुरामा समर्थन रहेको बताए ।  यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग सधैँका लागि खोल्ने बताएका थिए ।

ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘चीन धेरै खुसी छ कि म हर्मुजको जलमार्ग सदाको लागि खोल्दैछु । म यो उनीहरूको लागि र सम्पूर्ण विश्वको लागि गर्दैछु । यो अवस्था फेरि कहिल्यै उत्पन्न हुनेछैन ।’

हर्मुजको जलमार्ग एक महत्त्वपूर्ण समुद्री मार्ग हो, जसले विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति गर्दछ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको आक्रमणपछि इरानले यस समुद्री मार्गमा नाकाबन्दी लगाएको छ । यो मार्ग बन्द भएपछि विश्वव्यापी तेल र ग्यास संकट बढेको छ भने मूल्यमा वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्