Logo
Logo

इन्डोनेसिया हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु


441
Shares

काठमाडौं । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

The current image has no alternative text. The file name is: accident-2.jpg

अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

उद्धार निकायका प्रमुख मोहम्मद स्याफीले हेलिकोप्टर हराएको क्षेत्र घना जंगल र पहाडी भूभागले भरिएको भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताएका छन् ।

उद्धार टोलीले हेलिकोप्टरको पुच्छरजस्तो देखिने भाग अन्तिम पटक सम्पर्क भएको स्थानभन्दा करिब ३ किलोमिटर पश्चिमतर्फ फेला पारेको जनाएको छ । 

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । हेलिकोप्टरमा ६ यात्रु र २ चालक दलका सदस्य सवार थिए र सबैको ज्यान गएको पुष्टि गरिएको छ ।

सेना र प्रहरीको सहयोगमा उद्धार टोली स्थलमार्ग हुँदै घटनास्थल पुग्ने प्रयास गरिरहेको छ । उक्त हेलिकोप्टर पाम तेल कम्पनीको प्लान्टेशन क्षेत्रबाट उडेको र एक निजी उड्डयन कम्पनीअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्