Logo
Logo

सम्झौता नभए इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प


882
Shares

काडमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: trump-2.jpg

इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रवार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ ।

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्धविराम बुधवार समाप्त हुने भएको छ । युद्धविराम विस्तार हुन्छ कि हुदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबन्दी जारी राख्ने बताएका हुन् ।  

यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरू बीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् ।

ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताए ।सामाजिक सञ्जाल ट्रुथमा उनले  होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् । 

आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् । 

फेब्रुअरी- २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोड दिएका छन् । यस अघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्