Logo
Logo

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान


756
Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: rastpati-4.jpg

राष्ट्रपति कार्यालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो।

यहीँ वैशाख १७ गते बिहीबार दिउँसो १:०० बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्