Logo
Logo

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर


252
Shares

 काठमाडौं । काठमाडौंको उपत्यकाको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आज उपत्यकाको वायु प्रदूषणले निकै अस्वस्थको तहमा पुगेको छ ।

The current image has no alternative text. The file name is: kathamandu-2.jpg

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो । अहिले २१६ मा झरेको छ । एक्युआई २०१ देखि ३०० पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

अहिले नेपाल विश्वकै प्रदूषित देशको सूचीमा दोस्रो नम्बरमा छ । पहिलोमा पाकिस्तान छ । राजधानी काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको देखिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्क अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्