Logo
Logo

प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय


1.1k
Shares

काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ । ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, आज बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो ।

यसअघि उक्त जग्गा राष्टंरपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरी प्रतिष्ठान नसार्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्