काठमाडौं । भारत सरकारको अनुदानमा निर्माण हुन लागेको झापाको गौरादह नगरपालिका-१ मा श्री जनता माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । भवनको कोशी प्रदेशकामुख्यमन्त्री श्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

भवन भारत सरकारको आर्थिक सहयोग करिब नेरु.५.८ करोडमा यो निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिन लागेको हो ।
र नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोग हो ।











