
काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा कृषि उत्पादनका साधन मल (रासयनिक, जैविक, प्रांगरिक), बीउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।











