Logo
Logo

रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी


378
Shares

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती खाली गराउने निर्णय गरेपछि स्थानीयले बिहानैदेखि थापाथलीमा प्रदर्शन गरेका छन् ।
उनीहरुले डोजर आतंक बन्द गर, सुकुम्वासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित भएका छन् । उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।

सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध थापाथली बस्ती हुँदै माइतीघर मण्डलासम्म ¥याली आयोजना गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्