Logo
Logo

सुकुम्वासी बस्ती खाली गर्न ठूलो संख्यामा प्रहरी परिचालन


126
Shares

काठमाडौं । सरकारले डोजर लगाएर बस्ती खाली गर्ने तयारी गरेपछि सुकुम्वासीहरूले आफैँ घर–टहरा खाली गर्न थालेका छन् ।

The current image has no alternative text. The file name is: Sukumbasi_Thapathali_Npl-2-1777080286.jpg

थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती आज हटाउने सरकारको तयारी छ । भोलि मनोहरा र सिनामंगलको सुकुम्वासी बस्ती आज हटाइनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् ।

नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्