Logo
Logo

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ


441
Shares

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।

The current image has no alternative text. The file name is: sukumbadi-pradarsan.jpg

उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्तीको घर, टहरा हटाउँदै छ ।

पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।

यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र सुकुमबासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्