Logo
Logo

तुलसीको विरासत थाम्दै पञ्चमी, डेब्यु फिल्मबाटै निर्देशक र निर्माताको रोजाइमा


पञ्चमी घिमिरे, अभिनेत्री

315
Shares

यतिखेर निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ले बक्स अफिस तताएको छ । वैशाख १ गतेदेखि चलिरहेको ‘पहाड’ चलचित्रको कथाबस्तु, प्राविधिक पक्ष र गीत संगीत एवं कलाकारहरुको कामलाई दशर्कहरुले धैरै मन पराएका छन् । यसै चलचित्रबाट फिल्म क्षेत्रमा डेव्यु गरेकी नवनायिका पञ्चमी घिमिरेको कामलाई लिएर धैरैले प्रशंसा गरेका छन् । चलचित्र क्षेत्रले राम्रो कलाकार पाएको भन्दै उनीसगँ काम गर्न चाहने फिल्म निर्देशक र निमार्ता पनि बढेका छन् । उनै नायिका पञ्चमीसँग रेजिना पाण्डेको जम्काभेट :

यतिखेर म तपाईँलाई नायिका पञ्चमी घिमिरे भनौं कि निर्देशक तुलसी घिमिरेकी छोरी ?

पहिला म तुलसी घिमिरे र भारती घिमिरेकोको छोरी हँ, त्यसपछि मात्र म नायिका पञ्चमी घिमिरे हुँ । जे भन्दा पनि हुन्छ ।

तपाईं अभिनित चलचित्र ‘पहाड’लाई धैरै दशकले प्रशंसा गरिरहका छन्, कत्तिको खुशी हुनुहुन्छ ?

म धैरै खुशी छु । जतिले पनि यो चलचित्र हेर्नुभयो सबैले मनपराइदिनुभयो । म मात्र होइन, हाम्रो टिम नै धैरे धैरै खुशी छौं । दशर्कहरुले धैरै ‘सर्पोट’ गर्नुभएको छ । हाम्रो चलचित्रको कथा बस्तु देखि लिएर टेक्निकल पार्ट हेर्नुहुने भावना घिमिरे, भारती घिमिरे, निर्देशक तुलसी घिमिरे सहित संगीतकार गायक गायिका कलाकारहरु सबैले धैरै मिहेनत राम्रो गर्नुभएको छ ।

यो चलचित्र हेर्नैपर्ने विशेष कारण के छ ?

यो चलचित्रको कथावस्तुले देशको पीडा बोकेको छ । गाउँको पीडा बोकेको छ । हरेकको माया बोकेको छ । चलचित्रको कथाले समाज बोल्छ, देश बोल्छ, गाउँ बोल्छ । त्यसैले सबैले मन पराउनुभएको छ ।

यो चलचित्र हेरेर धैरैले तपाईँको प्रशंसा गर्नुभएको छ नि ?

हो यसका लागि म धैरै खुशी छु । मेरो कामलाई मनपराइदिनुभएकोमा । दशर्कको माया नै मेरो लागि काम गर्ने ऊर्जा पनि हो ।

चलचित्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मभन्दा धैरै नै राम्रा ट्यालेन्ट नायिकाहरु छन् । मभन्दा बढी न्याय पनि दिन सक्नुहुन्थ्यो होला या कस्तो हुन्थ्यो भन्न सकिँदैन तर, मैले जति पनि यो प्रोजेक्टमा मिहेनत गरेको छु, त्यसका आधारमा मैले मेरो पात्रलाई न्याय नै दिएको छु । कतै कमी मैले गरेको छैन ।

होम प्रोडक्सनबाट नै चलचित्रमा डेव्यु गर्नुभयो पारिश्रमिक पाउनु भयो कि भएन ?

मैलै काम गर्दा कन्ट्याक साइन गरेर नै काम गरेको हुँ । मेरो काम नै कलाकारिता हो । मेरो आयस्रोत पनि त्यही नै भएकाले परिश्रमिक त लिनै प¥यो नि !

तपाईंको आमा भारती घिमिरेले कत्तिको साथ दिनुभयो ?

संसारको सबैभन्दा राम्रो मान्छे भनेकै आमा हो । आमा भारती घिमिरेले निकै साथ दिनुभयो । म पर्दामा सफल हुनुको कारण पर्दा पछाडि बाबा, आमाकै भूमिका छ । उहाँहरु सतिसाल भएर उभिनुभयो ।

संसारकै सुन्दर आमा बाबालाई स्पेशल गिफ्ट दिनुप¥यो भने के दिन चाहनुहुन्छ ?

बाबा आमाले यही सिनेमा क्षेत्रमा आफनो जीवन दिनुभयो । यही क्षेत्रमा भविष्य देख्नुभयो, कति दुःख गर्नुभयो होला । कति समस्या आए ती सबैलाई केही नभनेर यही सिने क्षेत्रमा आफ्नो कर्म गरिरहनुभयो । उहाँहरुलाई यो क्षेत्र प्रिय लाग्छ । त्यसैकारण म एउटा यस्तो सिनेमा बनाएर दिऊ, जुन सिनेमा हेर्दा बाबा आमा दुवैलाई गर्व होस् ।

तपाईंलाई यसपछि अरु कामको अफर कति आइरहेको छ ?

धैरैले भनिरहनुभएको छ, काम त आउनेजाने भइनै हाल्छ ।

अन्त्यमा भविष्यको योजना के बनाउनुभएको छ ?

यही सिने क्षेत्रलाई नै निरन्तरता दिने हो । त्यसबाहेक अरु थप योजना भने केही बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्