Logo
Logo

सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छः राष्ट्रियसभा अध्यक्ष


252
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले जनताको भावना र चाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले नेपालमा २७ घण्टे आन्दोलनले नयाँ सरकार ल्याएको विश्वमा नै नयाँ दृष्टान्त भएको उल्लेख गर्दै सरकारले सोही अनुसारको जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।

सरकारले जनताको भावनालाई कदर गर्दै अघि बढ्नुपर्ने अध्यक्ष दाहालको भनाई थियो । उनले बजेट आउनुअघि अर्थमन्त्रीसँग आफूहरुले विशेष छलफल गर्न चाहेको पनि बताए ।

उनले भने, ‘हामीले विश्वकेही उदाहरणीय काम पनि देखाएको छौ । र मलाई विश्वास छ–नेपाली जनताको भावना र चाहना अनुसार काम होस । आन्दोलनमा हामीले धेरै गर्दै पनि आयौ जीवनमा । मे २७ घण्टे आन्दोलनमा यो जो खालको परिवर्तन भएको छ । यो नविश्वमा थियो, न भयो, न सम्भावना होला पनि । म त्यो पनि भन्छु । तर त्यो जिम्मेवारीबोध कति हुन्छ ? नयाँ सरकारलाई । त्यो त सरकारले जान्ने कुरा भयो । हाम्रो शुभेच्छा छ–राम्रो होस् । नेपाली जनताले चाहेका कुराहरु पूरा हुन् । नेपाली जनताको भावनाको कदर होस् । यो मेरो शुभकामना यहाँबाट पनि व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले विश्वका विभिन्न ठाउँमा बढदो द्वन्द्वका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको कुरालाई ध्यानमा राखेर सरकारले सो समस्या समाधान समाधानका लागि अझै व्यवस्थित ढंगले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्