Logo
Logo

सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा इरानमा २१ वर्षीय युवकलाई फाँसी


315
Shares

काठमाडौं । इरानको इस्फ़हानमा बस्ने २१ वर्षीय युवक सासन आजादवर जोन्गानीलाई फाँसी दिइएको छ । उनलाई यसै वर्षको जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फ़हानको दस्तगर्द जेलमा फाँसी दिइएको उल्लेख गरिएको छ ।

The current image has no alternative text. The file name is: iran.jpg

उनको परिवारका एक निकट स्रोतले मानवअधिकार वेबसाइटलाई जानकारी दिएअनुसार, आजादवरको अन्तिम संस्कार बिहीबार दिउँसो एक सुरक्षित क्षेत्रमा गरिएको छ । उक्त प्रक्रियामा उनका केवल १० जना आफन्त लाई मात्र सहभागी हुने अनुमति दिइएको थियो ।

इरानको इस्लामिक गणतन्त्रको न्यायपालिकाका अनुसार जनवरीमा सरकारलाई फाल्ने उद्देश्यले भएका प्रदर्शनका क्रममा आजादवरले अधिकारीहरू बोकेको मिनीबसमा ढुङ्गा र लाठीले आक्रमण गरेका थिए ।

उनले सवारी साधनका सिसा फुटाएको र अधिकारीहरूमाथि इँटा प्रहार गरेको आरोप लगाइएको छ । उनले प्रदर्शनमा जानुअघि शासन व्यवस्था ढाल्ने उद्देश्यले सडकमा उत्रिन लागेको स्वीकार गरेका थिए र आफ्ना साथीहरूलाई पनि सहभागी हुन अपिल गरेका थिए ।

मानवअधिकार कार्यकर्ताहरूले आजादवरलाई हिरासतमा राखिएको अवस्था, वकिलसम्मको पहुँच, र कुन परिस्थितिमा उनको बयान लिइएको हो भन्नेबारे कुनै स्पष्ट जानकारी नभएको बताएका छन् । इरानमा यस्ता बयानहरू प्रायः दबाब वा यातना दिएर लिइने गरिएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्