Logo
Logo

उत्तर कोरिया र रुसको सैन्य गठबन्धन


441
Shares

काठमाडौं । उत्तर कोरिया र रुसले आफ्नो सैन्य सम्बन्धलाई संस्थागत रूप दिँदै अझै बलियो बनाउने कदम चालेका छन् ।

गत आइतबार प्योङयाङमा युक्रेन युद्धमा ज्यान गुमाएका उत्तर कोरियाली सैनिकहरूको सम्मानमा निर्मित ‘मेमोरियल म्युजियम अफ कम्ब्याट फिट्स’ को उद्घाटन गरिएको हो ।

यसै साता रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभले उत्तर कोरियाली नेता किम जोङ-उनसँगको भेटमा आगामी सन् २०२७ देखि २०३१ सम्मका लागि नयाँ पाँच वर्षे ‘रुस-उत्तर कोरिया सैन्य सहयोग योजना’ मा हस्ताक्षर गर्ने प्रस्ताव राखेका छन् ।

यस योजनाले युद्धपछिको समयमा पनि दुई देशबीच हतियार आपूर्ति, सैन्य प्रविधि हस्तान्तरण र संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिने संकेत गरेको छ। विश्लेषकहरूका अनुसार यो प्रस्तावले उत्तर कोरिया र रुसबीचको सम्बन्धलाई एक स्थायी ‘संस्थागत सैन्य गठबन्धन’ मा परिणत गर्नेछ।

स्मारक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ-उनले ‘फासीवाद र प्रभुत्ववादी शक्तिहरू’ विरुद्धको साझेदारीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

किमले भने, ‘युद्धका नियमहरू जसरी बदलिए पनि र जहाँसुकै संकट आए पनि, हामी एकीकृत शक्तिसहितको एक इमानदार, समर्पित र शक्तिशाली सुरक्षा पर्खालका रूपमा उभिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्