Logo
Logo

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्तामा सर्वोच्च प्रशासनको आनाकानी


0
Shares

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा दायर रिट दर्ता गर्न अदालत प्रशासनले आनाकानी गरेको आरोप लागेको छ ।

The current image has no alternative text. The file name is: Supreme-Court-of-Nepal-2.jpg

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल तथा डा. प्रेम सिलवाल ले छुट्टाछुट्टै रिट निवेदन दर्ताका लागि पेश गरेका हुन् ।

रिटमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा न्यायालयको वरीयता प्रणाली मिचिएको दाबी गरिएको छ । साथै परिषद्को निर्णय संविधानको मर्मविपरीत रहेको भन्दै सिफारिस कार्यान्वयन नगर्न र संसदीय सुनुवाइ प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

सर्वोच्च अदालत प्रशासनले भने मुख्य रजिस्ट्रार, रजिस्ट्रार तथा माथिल्लो तहको निर्देशन आवश्यक पर्ने भन्दै रिट दर्ता प्रक्रिया अघि बढाउन ढिलाइ गरेको जनाइएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि योग्य ठहरिएका ६ न्यायाधीशमध्ये चौथो वरीयताका डा. मनोजकुमार शर्मा लाई सिफारिस गरेको थियो। उनीभन्दा वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्