काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बिच शनिवार देखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता विस्तार हुने अपेक्षा व्यक्त गर्नु भएको छ ।

वासिङ्टनमा पत्रकारहरूसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको विस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताएका छन् ।
यस अघि ट्रम्पले रुस र युक्रेनले पनि अस्थायी युद्धविराम सम्झौताको एक चरणका रूपमा एक हजार युद्ध बन्दी आदान–प्रदान गर्ने घोषणा गर्नु भएको थियो । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्यक्तिगत रूपमा यो प्रस्ताव गरेको र दुवै नेता यसमा सहमत भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले हाल वार्ता जारी रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनले तीन दिनको युद्धविराममा सहमत भएका छन्, जुन मे ९– ११ सम्म लागु हुने बताइएको छ ।












