काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।तमिलनाडुका गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

२३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि विजयलाई शनिवार सरकार गठन गर्न आमन्त्रित गरिएको थियो ।
विजयले बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा शपथ लिएका हुन् । टिभीकेका केही वरिष्ठ नेताहरू सहित नौ अन्य मन्त्रीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई मे १३ वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन् ।
शपथ लिने नौ मन्त्रीहरूमा ‘बुसी’ एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोटियान, पी वेंकटरामनन, सीटीआर निर्मलकुमार, ए राजामोहन, टीके प्रभु र एस कीर्तना छन् ।














