Logo
Logo

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि


567
Shares

काठमाडौं । आज सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: parliyament-3.jpg

आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

यस बाहेक  सभामुखले यस अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको राष्ट्रिय सभाको बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्