Logo
Logo

ट्रम्पको पोस्टले मध्यपूर्वमा हलचल


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक ‘ट्रुथ सोसल’मा पोस्ट गरेको एउटा एनिमेटेड तस्बिरले मध्यपूर्वमा नयाँ हलचल पैदा गरेको छ ।

राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक गरिएको उक्त एनिमेटेड तस्वीरमा उनी एक सैन्य कमाण्डरका साथ युद्धपोतको डेक मा उभिएको देखिन्छन् । तस्बिरको पृष्ठभूमिमा आँधीबेहरी आएको जस्तो डरलाग्दो वातावरण छ भने आसपासमा इस्लामिक रिपब्लिक (इरान) को झण्डा बोकेका जहाजहरू देखाइएका छन् । यस तस्बिरसँगै ट्रम्पले क्याप्सनमा लेखेका छन्-‘यो तूफान अघिको शान्ति थियो ।’

ट्रम्पको यो रहस्यमय र आक्रामक पोष्टले अमेरिका र इजरायलले इरानमाथि पुनः ठूलो सैन्य हमला गर्ने योजना बनाइरहेको चर्चा सुरु भएको छ । 

अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इजरायल इरानमाथि संयुक्त सैन्य कारबाहीको अन्तिम तयारीमा रहेको दाबी गरेका छन् । साथै यो सम्भावित आक्रमण आउँदो हप्तादेखि नै सुरु हुन सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्