Logo
Logo

अमेरिकाद्वारा दक्षिणी इरानमा आक्रमण


0
Shares

काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गाहरूलाई बनाइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्यमा ‘आत्मरक्षाका लागि’ र ‘इरानी फौजबाट उत्पन्न खतराबाट हाम्रो सेनालाई जोगाउन’ आक्रमण गरिएको बताएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले ‘युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको’ उल्लेख गरेका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाइँ अन्त्यका लागि तत्कालै सम्झौता ‘तत्कालै नहुने’ बताएपछि यो हमला भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार हकिन्सले स्ट्रेट अफ होर्मुजस्थित इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास क्षेत्रलाई आक्रमणको निशाना बनाइएको बताएका छन् ।

इरानका सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन् ।

इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन । अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने स्पष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्ष पक्षहरू सहमतिको नजिक पुगेको बताएका थिए । तर, उनले लगत्तै आफूले वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्