काठमाडौं । बुधबार राति इरानी नौसेनाले अमेरिकी ट्यांकरमाथि आक्रमण गरेको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार उक्त जहाज आफ्नो राडार बन्द गरेर हर्मुज स्ट्रेट पार गर्दै थियो ।

त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास बन्दरगाहनजिकैको खाली क्षेत्रमा जवाफी गोली चलाएको थियो । सो क्रममा कुनै हताहत भने भएको छैन ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौतामा पुग्नुबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।
ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले भने, ‘इरानले मलाई पर्खाएर थकाउने सोचेको थियो। उसलाई लागेको थियो९ मेरो मध्यावधि चुनाव आउँदै छ, तर मलाई यसको मतलब छैन। इरान अब केवल सम्झौता चाहन्छ ।’














