Logo
Logo

इरानसँगको सम्झौताबारे ट्रम्पको बैठक निष्कर्षविहीन


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ ।

The current image has no alternative text. The file name is: trump.jpg

वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरेका थिए । 

उनले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँघुरो जलमार्गमा ‘दुईतर्फी रूपमै बिना अवरोध पारवहन’ पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू ‘नष्ट’ गर्न तेहरान सहमत हुनुपर्ने बताएका छन् ।

ह्वाइहाउसको ‘सिचुएसन रुम’मा उक्त बैठक भएको थियो । त्यस कक्षलाई मुख्य सङ्कटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ ।

इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो । उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ ।

यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बताएका थिए । तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्