Logo
Logo

इरानले परमाणु हतियार नबनाउने ग्यारेन्टी दियो : ट्रम्प


945
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने ग्यारेन्टी दिएको दाबी गरेका छन् ।  उनले इरानसँगको सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: trump.gif

फक्स न्यूजमा प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मलाई जुन ग्यारेन्टी जे भए पनि चाहिन्छ, त्यो भनेको परमाणु हतियार नहुने प्रतिबद्धता हो । उनीहरू यसमा सहमत भएका छन् ।’

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई थप कडा सर्तसहित नयाँ शान्ति प्रस्ताव पठाएको छ । प्रस्तावमा के–कस्ता विषय समावेश छन् भन्ने सार्वजनिक गरिएको छैन ।

ट्रम्पले सम्भावित सम्झौताका लागि इरानलाई परमाणु हतियार विकासबाट रोक्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । 

तर इरानले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले आफ्नो परमाणु कार्यक्रमबारे ठोस वार्ता अघि बढाउनुअघि विदेशमा रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्