Logo
Logo

अमेरिद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाजको इन्जिन कोठामा मिसाइल प्रहार


378
Shares

काठमाडमौं । अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम)ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको गाम्बियाको झण्डा अङ्कित एक व्यापारिक जहाजलाई कारबाही गरी निष्क्रिय बनाएको छ । 

The current image has no alternative text. The file name is: us-air-force.jpg

शुक्रवार ओमानको खाडीमा भएको उक्त कारबाहीबारे सेन्ट्रकमले शनिवार औपचारिक जानकारी दिएको हो । सेन्ट्रकमकाअनुसार ‘एमभी लियान स्टार’ नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढिरहेको थियो । 

सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लङ्घन गरिरहेको भन्दै रोकिनका लागि २० पटकभन्दा बढी चेतावनी दिएको थियो । उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ । अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको नौसैनिक नाकाबन्दीका क्रममा अहिलेसम्म कुल पाँचवटा व्यापारिक जहाजहरूलाई निष्क्रिय पारिएको र ११६ वटा जहाजहरूको मार्ग परिवर्तन ९रिडाइरेक्ट० गरिएको सेन्ट्रकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्