काठमाडौं । इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढेर ३ हजार ५५८ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २ मार्चदेखि जारी हमलामा हालसम्म १० हजार ८७० जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो । मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्ने सहमति भएपनि हिजबुल्लाह समूहले अस्वीकार गरेपछि इजरायलको लेबनानमाथिको आक्रमणमा जारी रहेको छ । साथै इजरायलले पनि लेबनानमाथि युद्धविरामको सहमति पछि पनि जारी राखेको छ ।














