Logo
Logo

युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी


126
Shares

एजेन्सी । अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठनमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ । लडाकु तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको सङ्ख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

The current image has no alternative text. The file name is: AFP__20250926__76VF8WE__v1__HighRes__NatoHoldsMilitaryExercisesWithFocusOnBaltic-1781281441_S6PrlbhX5y.jpg

अमेरिकाले युरोपेली देश र क्यानडालाई महादेशको सुरक्षामा बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ । प्रस्तावित कटौतीअन्तर्गत एफ–१६ र एफ–१५–ई लडाकु विमानको सङ्ख्या डेढ सयबाट घटाएर एक सयमा सिमित गरिनेछ ।

समुद्री निगरानी विमानको सङ्ख्या २६ बाट १५ मा घटाइनेछ भने युरोपको लागि उपलब्ध सबै आठ हवाई रिफ्युलिङ ट्याङ्कर विमानहरू फिर्ता लिइनेछ । युद्धपोत र पनडुब्बीहरु पनि हटाइनेछन् । कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानडाले महादेशको परम्परागत रक्षाका लागि बढी जिम्मेवारी लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्