Logo
Logo

होर्मुजको सञ्चालन पहिला जस्तो नहुने इरानको दाबी


1.1k
Shares

काठमाडौं । इरानले होर्मुज जलडमरूको सञ्चालन अब पहिले जस्तो नहुने संकेत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग मिलेर होर्मुज जलडमरूबारे छिट्टै संयुक्त घोषणा जारी हुने बताएका हुन् ।

The current image has no alternative text. The file name is: harmoz.jpg

अराघचीका अनुसार अमेरिकासँग सम्भावित सम्झौता पछि होर्मुज जलडमरूमा जहाज आवतजावतका नियमहरू परिवर्तन हुन सक्नेछन् । उनका अनुसार अब यस क्षेत्रमा नयाँ व्यवस्था लागू गर्ने तयारी भइरहेको छ । उनले स्पष्ट गर्दै इरानले जहाजबाट कर नउठाउने तर केही सेवाको बदलामा शुल्क लिन सकिने बताएका छन् ।

यो अभिव्यक्ति यस्तो समयमा आएको हो, जब अमेरिका र इरानबीचको सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको बताइँदै छ ।

यसैबीच इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज जलडमरू व्यवस्थापनका लागि नयाँ कानुनको तयारी भइरहेको जानकारी दिएका छन् । उक्त कानुनमा यस जलमार्गबाट गुड्ने जहाजका नियम र इरानी जनताको अधिकारसँग सम्बन्धित प्रावधान समेटिनेछ ।

अजीजीका अनुसार संसद्ले यो विधेयक पारित गरेपछि यो दीर्घकालीन र व्यापक कानुन बन्नेछ । उनले यस पहललाई इरानको तेल उद्योगको राष्ट्रियकरणसँग तुलना गर्दै यसलाई ऐतिहासिक निर्णयका रूपमा लिन सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्